रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ जमारुमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष रणबहादुर शिर्पालीको अध्यक्षतामा शुुक्रबार भएको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ गठन गरिएको छ ।
रमेश आग्रीको अध्यक्षतामा १० सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । सदस्यहरूमा देवीलाल खड्का, ओइमा ओली, महिला सदस्य पुष्पा खड्का, दलित सदस्य रणबहादुर शिर्पाली, रामबहादुर खड्का, बुद्धिजीवीबाट भिमबहादुर ओली, शिक्षक प्रतिनिधिमा नरबहादुर ओली, पदेन सदस्यमा वडाध्यक्ष धिरन शिर्पाली र सदस्य सचिवमा प्रधानाध्यापक लक्ष्मी ओली रहनुभएको छ ।
त्यस्तै देवीलाल खड्काको अध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक सङ्घ समेत गठन गरिएको छ । जसको सदस्यहरूमा नन्दकला ओली, टीका विक, सविता केसी, धनसरा कामी, डिला ओली र आइती ओली रहनुभएको छ । अभिभावक भेलामा वडाध्यक्ष धिरन शिर्पालीको प्रमुख र मुसिकोट नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनाराम खड्काको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै भेलामा वडा सदस्य डिल्लीबहादुर ओली र छैमा विक, पूर्व विव्यस अध्यक्ष भूपालप्रकाश ओली, निवर्तमान विव्यस अध्यक्ष दीपककुमार ओली, पूर्व प्रअ भिमबहादुर ओली लगायतको आतिथ्यता रहेको थियो । सहायक प्रअ खडानन्द खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक गोपाल विकले गर्नुभएको थियो ।