Kakhara सबैको खबर सम्पूर्ण खबर
टी–विश्वकप: अफगानिस्तानको विजयी सुरुवात 

टी–२० विश्वकप–२०२४ मा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । समूह ‘सी’मा रहेको अफगानिस्तानले आज भएको आफ्नो पहिलो खेलमा युगान्डाविरुद्ध १२५ रनको सानदार जित निकाल्दै विजयी सुरुआत गरेको हो । अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा मात्रै ५८ रन बनाएर अलआउट भयो ।

युगान्डाका रोबिन्सन ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् । युगान्डालाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक फारुकी एक्लैले ५ विकेट लिए । यस्तै, नवीन उलहक र कप्तान राशिद खानले २/२ तथा मुजिब उर रहमानले एक विकेट लिए ।

यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । युगान्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले २/२ र अलेपेश रमजानीले एक विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update