Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीका सबै वडामा सार्वजनिक  सुनुवाई कार्यक्रम सम्पन्न 
कार्यक्रममा सहभागि स्थानीय ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा भए गरेका प्रगति विवरणको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । पालिकाको ११ वटै वडामा पुगेर पालिकाले सार्वजजिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । यही जेठ १६ गतेबाट सुरु गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सकिएको हो । वडा कार्यालयको समन्वयमा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो ।

प्रत्यक्ष जनताका गुनासा, सल्लाह, सुझाव लिने महत्वपूर्ण कार्यक्रम भएकाले प्रत्येक वडामा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रमले जनता र जनप्रतिनिधि विचको सम्बन्धलाई थप प्रभाकारी बनाउने र आगामि दिनमा थप नयाँ तरिकाले अगाडी बढ्न सहयोग पुर्याएको उहाँले जानकारी दिनुभयो ।

वडाले वर्षभरी गरेका प्रगति विवरण प्रस्तुत पछि  त्यसमा चित्त नबुझेका विषयबस्तुमा जनताले थप सजग बनाउँदा काम गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ । सहभागिहरुले वडामा खानेपानी , सिँचाई कुलोे, विद्युत बत्ति, सडक, पुल निर्माण नुहँदा समस्या हुने गरेको गुनासो गरेका थिए ।  त्यस्तै गर्मीको समयमा अस्थायी आवासमा बस्न समस्या हुने गरेको समेत गुनासो गरेका थिए । अस्थायी आवासको दोस्रो किस्ता जतिसक्दो छिटो उपलब्ध गरानुपर्ने र पुर्ननिर्माणमा समेत ध्यान दिन सहभागिहरुले माग गरेका थिए  ।

सहभागिहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको जवाफ गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी, योजना शाखा प्रमुख मिनाराम केसी, सम्बन्धित वडाका वडा अध्यक्षहरुले  दिनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण पत्रकार देवकुमार ओली, दिपेन्द्र महतारा र बलेन्द्र ओलीले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update