Kakhara सबैको खबर सम्पूर्ण खबर
विश्व वातावरण दिवसको अवसरमा त्रिवेणीमा सरसफाई तथा गोडमेल

विश्व वातावरण दिवस रुकुम पश्चिममा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । विश्व वातावरण दिवसको अवसरमा स्थानीय तहरुले विभिन्न कार्यक्रम गरि दिवस मनाएका छन् । दिवसको अवसरमा त्रिवेणी गाउँपालिकाले पालिकाका परिसर भित्र सरसफाई, तथा विरुवा मोडलमेल गरेको त्रिवेणी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार विश्व वातावरण दिवसको अवसरमा पालिकामा कार्यरत कर्मचारीहरुले प्रशासकीय भवन आसपासको क्षेत्रमा भएको फोहोर व्यवस्थापन, झाडी फार्ने तथा गत साल लगाएका १ सय बढी विरुवा गोडमेल गरिएको छ । सुन्तला, पाउनेनीया तथा अन्य पलफुलका विरुवा गोडमेल गरिएको निमित्त प्रमुख प्रुशासकीय अधिकृत पुनले जानकारी दिनुभयो ।

‘‘फोहरमैला व्यवस्थापनमा योगदान, स्वच्छ वातावरण हाम्रो अभियान’’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाएको हो । हरेक वर्षको जुन ५ तारिकमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा वातावरण संरक्षणका लागि विभिन्न कार्यक्रमहरु संचालन हुने गरेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update