Kakhara सबैको खबर सम्पूर्ण खबर
भिरबाट लडेर एक शिक्षकको मृत्यु
मृतक शिक्षक खड्का ।

रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १० पेउघा घर भइ सोही ठाउँमा रहेको बालकल्याण माध्यामिक विद्यालय टोट्केमा कार्यरत प्रावि स्थायी शिक्षक भद्रबहादुर खड्को मृत्यु भएको हो । बुधबार विद्यालयबाट घर फर्किदै गर्दा घर नजिकैको भिरबाट लडेर शिक्षक खड्को मृत्यु भएको वडा अध्यक्ष शेरमान खड्काले जानकारी दिनुभयो ।

भिरबाट लडेर गम्भीर घाइते हुनुभएका शिक्षक खड्कालाई उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याएको र चेकजाँचका क्रममा उहाँलाई चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँ भिरबाट करिव ४ सय मिटर तल खस्नुभएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update