Kakhara सबैको खबर सम्पूर्ण खबर
अमेरिकाबाट संकलन गरेर पठाएको रकम विरामीलाई हस्तान्तरण 
सहयोग रकम बुझेपछि सामुहिक तस्विरमा ।

अमेरिकाबाट संकलन गरेर पठाएको ३ लाख ३० हजार ७ सय २० रुपैयाँ विरामीलाई हस्तान्तरण गरिएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा रहेका ३ जना विरामीलाई उक्त रकम हस्तान्तरण गरिएको हो । गाउँपालिकाको वडा नम्बर ९ सिम्लीमा विरामीका आफ्तलाई बोलाएर बिहिबार रकम हस्तान्तरण गरिएको पत्रकार तथा समाजसेवी नारायण ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अमेरिकामा बस्दै आउनुभएका समाजसेवी मनराज देवकोटाको नेतृत्वमा ५१ जना रुकुमेली तथा नेपाली युवाहरुले संकलन गरेको रकम विरामीलाई हस्तान्तरण गरिएको हो । संकलन भएको रकम सानीभेरी गाउँपालिका वडा नम्बर ३ गरायलाकी क्यान्सर पीडित मनकला ओलीलाई २ लाख, वडा नम्बर ६ कोटगाउँ निवासी खुट्टा भाँचिएर उपचाररत पुर्व जनमुक्ती सेना बलबहादुर पुनलाई १ लाख र वडा नम्बर १ पक्रैयाकी ढाड भाँचिएर उचाररत जयकुमारी पुनलाई ३० हजार ७ सय २० रुपैयाँ गरेर जम्मा ३ लाख ३० हजार ७ सय २० रुपैयाँ हस्तान्तरण गरिएका हो ।

सहयोग बापत आएको रकम मनकलाको सासुआमालाई, बलबहादुरको श्रीमती सार पुनलाई र जयकुमारीको १ नम्बर वडा अध्यक्ष टेकबहादुर पुनलाई हस्तान्तरण गरिएको पत्रकार ओलीले जानकारी दिनुभयो । सहयोग बापत प्राप्त भएको रकम विरामीलाई उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

ccc19306-ab5f-48f3-b579-772dbf9979d0-1717658968.jpeg

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update