रुम टु रिड ले विश्व वातावरण दिवसको अवसरमा बाँकेका विभिन्न कार्यक्रम गरेको छ । बाँकेका विभिन्न ठाउँमा वृक्षारोपण सहित अन्य कार्यक्रम गरी दिवस मनाएको हो । रुम टु रिडले बुधवार कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जिल्ला बन कार्यालय, बीउ बिजन भण्डारण केन्द्र कोहलपुरसँगको समन्वय र सहकार्यमा विश्व वातावरण दिवस विशेष विभिन्न कार्यक्रम आयोजना गर्याे ।
जसअन्तर्गत त्रिभुवन माध्यमिक विद्यालयमा कोहलपुर नगर स्तरीय युवा सञ्जालसँगको सहकार्यमा जनचेतनामूलक नाटक, कोहलपुर नगरपालिका वातावरण शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुका साथै, लक्ष्मी मावि बर्दहवामा चौतारीको शिलान्यास रहेको छ । त्यस्तै वृक्षारोपण, सरसफाइका कार्यक्रम समेत सञ्चालन गरिएको रुम टु रिड बाँकेले जनाएको छ ।
बैजनाथ गाउँपालिका वडा नम्बर २ को कार्यालय परिसरमा भएको वृक्षारोपणमा जनता आदर्श माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीको सहयोग रहेको थियो । वीरेन्द्र फूल, धुपी, गुल्मोहर, कल्की, पारिजात, छतिवन लगायतका बोटबिरुवाको वृक्षारोपण गरिएको बताइएको छ । त्यसै गरी खजुरा गाउँ पालिकाको जनकल्याण माविमा पनि वृक्षारोपण गरिएको छ ।