विश्वकप क्रिकेटमा क्यानडाले आयरल्यान्डलाई पराजित गरेकाे छ । क्यानडा १२ रनले विजयी भएकाे हाे । नेपाली समय अनुसार गएराती भएकाे खेलमा टस हारेर पहिला ब्याटिङ गरेर क्यानडाले १ सय ३७ रन बनाएकाे थियाे । १ सय ३८ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ७ विकेट गुमाएर १ सय २५ रनमै समेटियो ।
आयरल्यान्डका मार्क आदिरले ३४, जर्ज डोकरेलले ३०, एन्ड्रयु बालबिर्नीले १७ र लोर्कान टकरले १० रन बनाउन बाहेक अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । क्यानडाका जेरेमी गोर्डोन र डिलोन हेलिगरले दुई/दुई तथा जुनैद सिद्दिकी र साद बिन जफरले एक/एक विकेट लिए ।
यसअघि न्यु योर्कमा पहिले ब्याटिङ गरेको क्यानडाले ७ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । खराब सुरुवात गरेको क्यानडाका लागि निकोल किर्टोन र श्रेयास मोभ्भाले इनिङ सम्हाल्दै सम्मानजनक स्कोर बनाएका थिए । आयरल्यान्डका क्रेग योंग र ब्यारी म्याकार्थीले दुई/दुई तथा मार्क आदिर र ग्यारेथ डेलानीले एक/एक विकेट लिए ।
क्यानडा पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । समूह ए मा अमेरिका ४ अङ्कका साथ पहिलो स्थानमा छ भने भारत र क्यानडा दुई/दुई अङ्क जोड्दै तेस्रो र चौथो स्थानमा छन् ।