रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कुखुरा र बङ्गुर पालन सम्बन्धी तालिम सुरु भएको छ । वडा नम्बर ३ को पूर्ण शान्त सहिद स्मृति भवनमा नगरका लोपोन्मुख तथा सीमान्तकृत समुदायको सीप विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी १० दिने तालिम सुरु भएको हो ।
सामाजिक विकास कार्यालयको आर्थिक सहयोग र सृजनशील युवा सञ्जाल नेपालको सहजिकरण तथा प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको हो । तालिममा नगरभरका ६० जनाको सहभागिता रहेको बताइएको छ । तालिमका सहभागीहरूलाई कुखुरा र बङ्गुर पालन सम्बन्धी विभिन्न सीप सिकाइने छ ।
तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । सृजनशील युवा सञ्जाल नेपालका अध्यक्ष रमेश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकको प्रमुख र चौरजहारी नगर प्रमुख पुष्प वादीको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा सामाजिक विकास कार्यालयका निमित्त प्रमुख ध्रुवकुमार बाँठा मगर लगायतको पनि आतिथ्यता रहेको थियो ।।