Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा दैनिक कोरोना संक्रमण बढ्दै, आज ३२ जनामा कोरोना संक्रमण 

रुकुम पश्चिममा कोरोना भाईरसका संक्रमितहरुको संख्या दैनिक बढ्दै गएको छ । मंगलबार अस्ति ११ जनामा र बुधबार हिजो २३ जनामा संक्रमण पुष्टि भएकामा पछिल्लो २४ घण्टामा ३२ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला भरमा १ सय २ जनामा एन्टीजेन परीक्षण गरिएकामा ३२ जनामा संक्रमण पोजेटिभ देखिएको हो । 

पछिल्लो २४ घण्टामा कोरोना भाईरसको संक्रमित हुनेमा ५ जना स्थानीय तहमा कार्यरत कर्मचारी र ४ जना स्वास्थ्यकर्मी रहेका छन् । संक्रमित हुनेमा चौरजहारी नगरपालिकामा कार्यरत ५ जना कर्मचारी रहेका छन् । त्यस्तै जिल्ला अस्पतालमा कार्यरत २ जना र आठबीसकोट नगर अस्पतालमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । 

आज सबैभन्दा बढी संक्रमित जिल्ला अस्पतालमा गरिएको परीक्षणबाट फेला परेका हुन् । जिल्ला अस्पतालमा २७ जनामा गरिएको परीक्षणबाट १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका ल्याब असिस्टेन्ट गंगाराम ओलीले जानकारी दिनुभयो । त्यस्तै आठबीसकोट नगरपालिकामा १० जनामा संक्रमण देखिएको छ । 

४२ जनामा गरिएको परीक्षणबाट १० जनामा संक्रमण देखिएको नगर स्वास्थ्य संयोजक मणिराज शाहले जानकारी दिनुभयो । त्यस्तै चौरहारी नगरपालिकामा ३३ जनामा परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले बताउनुभयो । यो संगै जिल्लामा कोरोना भाईरसका कुल संक्रमितको संख्या ३ सय ५८ र एन्टीजेन मार्फत पछिल्लो समय भइरहेको परीक्षणबाट संक्रमण पुष्टि हुनेको संख्या ९६ पुगेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।


 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update