Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा रङ्गशाला निर्माणका लागि २० करोड बजेट विनियोजन
रूकुम पश्रिमकाे चाैरजहारी (गुगल म्याप)

रुकुम पश्चिमको चौरजहारीमा तीन जिल्लालाई लक्षित गरेर रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले रुकुम पश्चिम, सल्यान र जाजरकोटलाई लक्षित गरेर चौरजहारीमा रङ्गशाला निर्माणका लागि २० करोड बजेट विनियोजन गर्नुभएको हो ।

तीन जिल्लाको खेलकुद प्रवर्द्धनका लागि रङ्गशाला निर्माण गर्ने र त्यसका लागि २० करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री केसीले गरेको बजेट भाषणमा उल्लेख छ । चौरजहारीमा रङ्गशाला निर्माणका लागि यस अघिका वर्षहरूमा पनि बजेट विनियोजन हुने गरेको थियो । तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन । 

 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update