स्यार्पू ताल लगायतका पर्यटकीय स्थलको प्रवर्द्धनका लागि १४ करोड बजेट
रुकुम पश्चिमको स्पार्पू ताल सहित कर्णाली प्रदेशका विभिन्न पर्यटकीय स्थलको संरक्षण तथा प्रवर्द्धनका लागि १४ करोड बजेट विनियोजन गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले शनिवारको प्रदेश सभाको चौथो अधिवेशनको १० औँ बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने स्यार्पू ताल सहितका पर्यटकीय स्थलका लागि १४ करोड बजेट विनियोजन गरिएको उल्लेख छ ।
स्यार्पू सहित मुगुको रारा, सुर्खेतको काँक्रेबिहार र बुलबुले उद्यानको संरक्षण र विकासका लागि बनाइएको गुरुयोजना कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरेको मन्त्री केसीले जानकारी गराउनुभयो ।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ १७:०२
प्रतिक्रिया दिनुहोस्