कर्णालीकाे बजेट
आठबिसकोट र बाँफिकोटमा सडक सञ्जाल विस्तारका लागि १२ करोड आउने
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा सडक सञ्जाल विस्तारका लागि कर्णाली प्रदेश सरकारबाट बजेट प्राप्त हुने भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले आज प्रदेश सभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा आठबिसकोट नगरपालिकाको राडी, दाँजे, खदी, बारङ्गे जोड्ने सडक निर्माण र बाँफिकोटको भेडाखेत, पुरानागाउँ, स्याला, पानीगैरा, डारुगाउँ सडक स्तरोन्नतिका लागि १२ करोड बजेट विनियोजन गरिएको छ ।
सडक नपुगेका ठाउँलाई सडक सञ्जालमा जोड्ने कार्यक्रम अन्तर्गत उक्त बजेट विनियोजन गरिएको अर्थमन्त्री केसीले बताउनुभएको छ ।
त्यस्तै रुकुम पश्चिम आठबिसकोट नगरपालिकाको चिसापानी, राडी, नदुवा, मुसिकोट सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरेको समेत केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ १८:३३
प्रतिक्रिया दिनुहोस्