Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफीकोट १० ले गर्यो सार्वजनिक सुनुवाई कार्यक्रम, शिक्षा, स्वास्थ्य र खानेपानी प्राथमिकतामा
सार्वजनिक सुनुवाई कार्यक्रममा गुनासो राख्दै स्थानीय

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० ले चालु आर्थिक बर्ष २०८०/०८१ मा  गरेका प्रगति विवरण सार्वजनिक गरेको छ । वडाले एक कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्षमा भएका विकास निर्माण तथा अन्य कार्यक्रमहरुको सार्वजनिक सुनुवाई  गरेको हो । वडा अध्यक्ष हरिबहादुर चन्दले वडाले वर्षभरी गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि तथा पशु सिँचाईका क्षेत्रमा वडाले प्राथमिकताका साथ काम गरेको बताउनुभयो । त्यस्तै  युवा तथा खेलकुदका क्षेत्रमा पनि वडाले सामग्री वितरण तथा कार्यालय व्यवस्थापनमा जोड दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । वडा अध्यक्ष चन्दले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेपछि वडाबासीले सेवा प्रवाहको विषयमा खानेपानी तथा सिँचाईमा समस्याका हुने गरेको बताएका थिए ।34745745-2e40-4647-96f5-d9950137aa2b-1718886046.jpeg

खानेपानी तथा सिँचाईको क्षेत्रमा केही समस्या भए पनि वडा निरन्तर लागिरहेको र आगामी बर्षको निति तथा कार्यक्रममा यी समस्यालाई पहिलो प्राथमिकता राखेर योजना बनाउने वडा अध्यक्ष चन्दले प्रतिवद्धता व्यक्त गर्नुभयो । वडामा अन्य कुनै कमिकमजोरी भएमा पनि खबरदारी गर्न वडाबासीलाई आग्रह गर्नुभयो ।

वडामा गर्न बाँकी रहेका विकास निर्माण तथा सुधार  गर्नुपर्ने विषयमा सार्वजजिक सुनुवाई कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले बताउनुभयो । सार्वजजिक सुनुवाई कार्यक्रमले जनता र जनप्रतिधिनि विचको सम्बन्ध बलियो बनाउने र निति तथा कार्यक्रम निर्माण गर्न पनि सहज हुने उहाँको भनाई थियो ।

वडा अध्यक्ष चन्दको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका उपाध्यक्ष केसीको प्रमुख आथिथ्यता रहेको थियो । यस्तै वडा सदस्य, कर्मचारी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजिकरण पत्रकार देवकुमार ओली र दिपेन्द्र महताराले गर्नुभएको थियो । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update