Kakhara सबैको खबर सम्पूर्ण खबर
दोस्रो स्थापना दिवसमा रास्वपा रुकुम पश्चिमले १५ सय बिरुवा बाँड्यो 
स्थापना दिवसकाे अवसरमा विरुवा वितरण गरिदैँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमले दोस्रो स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा स्थानीयलाई बिरुवा वितरण गरिएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर नम्बर ८ को बसिगाऊ टाकुरा लयाटा र गोहिरी टोलमा १ हजार ५ सय कागती र अमिलाको बिरुवा वितरण गरिएको हो । 

१ हजार २ सय ५० कागती र २ सय ५० अमिलोका बिरुवा २ सय परिवारलाई बाँडेको रास्वपा रुकुम पश्चिमले जनाएको छ । कार्यक्रममा रास्वपा कर्णाली प्रदेश सचिवालय सदस्य पुस्तक चन्द, जिल्ला संयोजक मानबहादुर शाही, वडा अध्यक्ष, जिल्ला कमिटी सदस्य लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update