Kakhara सबैको खबर सम्पूर्ण खबर
अन्तराष्ट्रिय शैक्षिक अवार्ड विद्यालयलाई हस्तान्तरण 
विद्यालयलार्य अवार्ड हस्तान्तरण गरिँदै ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा १ मा रहेको विजयस्वरी इगंलिस मिडियम बोर्डिङ स्कुलले प्राप्त गरेको तेस्रो अन्तराष्ट्रिय  शैक्षिक अवार्ड २०२४  विद्यालयलाई हस्तान्तरण गरिएको छ । सोमबार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) जयबहादुर थापाले विद्यालय परिवालाई शैक्षिक अवार्ड हस्तान्तरण गर्नुभएको हो । शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कम्बोडियाको राजधानीमा प्रिन्सिपल थापालाई अवार्ड प्रदान गरिएको थियो ।

सोही अवार्ड सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता कुमाई भण्डारी र सञ्चालक समितिका अध्यक्ष हर्कबहादुर भण्डारीलाई अवार्ड हस्तान्तरण गर्नुभएको हो । कर्णाली प्रदेशको विकट जिल्ला रुकुम पश्चिममा रहेर पनि शैक्षिक सुधारको क्षेत्रमा युर्याएको योगदानको कदर गर्दै विजयस्वरी इगंलिस मिडियम बोर्डिङ स्कुलल अवार्ड प्राप्त  गरेको  प्रिन्सिपल थापाले जानकारी दिनुभयो ।IMG_9471-1719236106.JPG

नेपालबाट शिक्षा क्षेत्रमा योगदान पुर्याउने संस्थागत तथा सामुदायिक विद्यालय गरी २४ विद्यालयहरु छनोट भएकामा अवार्डको लागि भने विजयस्वरी बोर्डिङ स्कुल छनोट भएको उहाँले जानकारी दिनुभयो । शैक्षिक क्षेत्र सुधारको निम्ति संघर्ष गर्दै विद्यालयलाई अन्तराष्ट्रिय स्तरको अवार्ड प्राप्त गर्न योगदान पुर्याउने सबैलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले धन्यवाद व्यक्त गर्नुभयो ।

विद्यालय परिवारलाई मुसीकोट नगर प्रमुख महेन्द्र केसी लगायत विभिन्न  सामुदायिक विद्यालयका प्रधानाध्यापक, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले बधाई ज्ञापन गर्नुभएको थियो । अवार्ड हस्तान्तरण तथा बधाई कार्यक्रको सञ्चालन विद्यालयका सूचना अधिकारी होमराज शाहीले गर्नुभएको थियो । IMG_9488-1719236221.JPG

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update