Kakhara सबैको खबर सम्पूर्ण खबर
अफगानिस्तानकाे उडानः बङ्गलादेशलाई पराजित गर्दै टी-२०विश्वकपकाे सेमिफाइनलमा
फाेटाे अफगानिस्तान क्रिकेट बाेर्डकाे फेसबुकबाट ।

टी-२० विश्वकप २०२४ को सुपर-८ मा बङ्गलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।अफगानिस्तान सेमिफाइनल पुगेसँगै अस्ट्रेलिया सुपर-८ बाटै बाहिरिएको छ ।

११६ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो ।बङ्गलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए । अन्य चलेनन् ।

अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४/४ र फजलहक फारुकी र गुलबदिन नाबी एक/एक विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update