रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अत्यावश्यक वाहेक नगरपालिकाका सबै सेवा बन्द गरेको छ । कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकमा कोरोना भाईरसको संक्रमण देखिएपछि नगरपालिकाले आजदेखि अर्को सूचना नभएसम्मका लागि सबै सेवा बन्द गरेको हो । नगरपालिकामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षकहरु संक्रमित भएर आईसोलेसनमा वस्नुपर्ने अवस्था आएको र थप व्यक्तिहरु समेत संक्रमित हुने क्रम बढेको हुँदा संक्रमितको कन्ट्रयाक टे«सिङ गरी परीक्षण गर्नुपर्ने भएकाले नगरपालिकाबाट प्रवाह हुने सेवा, नगर वस सेवा लगायतका सेवा बन्द गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै वैशाख ८ गते प्रकाशित सूचना प्रविधि अधिकृत पदको दरखास्त आह्वान सम्बन्धी सूचना पनि अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामवहादुर केसीले सूचना जारी गरेर जानकारी गराउनुभएको छ । अत्यावश्यक सेवा भने प्रवाह हुने बताईएको छ । जनस्वास्थ्य सुरक्षाका सम्पूर्ण माफदण्डहरुको पूर्ण पालना गरी कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्न र बचाउन समेत नगरपालिकाले सबै नगरवासीलाई अनुरोध गरेको छ ।