Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिमको आठबसिकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि झन्डै ७३ करोडको बजेट ल्याएको छ । १६ औँ नगर सभामा नगर उप प्रमुख धनकुमारी शाहीले ७२ करोड ७६ लाख ६१ हजार ३१ रुपैयाँको बजेट पेस गर्नुभएको छ । 

कुल विनियोजित बजेट मध्ये चालु तर्फ ४३ करोड २३ लाख ६७ हजार रहेको छ । यो कुल बजेटको ५९.४२ प्रतिशत हो । पुँजीगत तर्फ ४०.५८ प्रतिशत अर्थात् २९ करोड ५२ लाख ९४ हजार ३१ रुपैयाँ रहेको छ । 

आगामी वर्षको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट २ करोड ५० लाख, सङ्घीय सरकार वित्तीय समानीकरण अनुदानबाट १० करोड ९० लाख, सशर्त अनुदानबाट चालु तर्फ २४ करोड ३८ लाख ५२ हजार र पुँजीगत तर्फ ७ करोड ६८ लाख १० हजार प्राप्त हुने अनुमान गरिएको छ । 

त्यस्तै सङ्घीय सरकार राजस्व बाँडफाँडबाट १४ करोड २० लाख, समपूरक अनुदानबाट ५० लाख, विशेष अनुदानबाट १ करोड १५ लाख, प्रदेश वित्तीय समानीकरण अनुदान १ करोड २१ लख ५८ हजार, राजस्व बाँडफाँड ३८ लाख २६ हजार ३१ रुपैयाँ, सशर्त अनुदान चालु तर्फ ३३ लाख १५ हजार, पुँजीगत तर्फ ९ करोड २ लाख र समपूरक अनुदानबाट ५० लाख खर्च बेहोर्ने प्रक्षेपण गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update