Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल लाइफ इन्स्योरेन्सद्धारा २ विद्यालयका विद्यार्थीलाई झाेला र कापि वितरण 

नेपाल लाइफ इन्स्योरेन्स रुकुम पश्चिम उप शाखाले मुसिकोट नगरपालिकाका दुई वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । वडा नम्बर ३ को जनहित आधारभूत विद्यालय माछिमि र वडा नम्बर १ को राजापानी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई झोला र कापी वितरण गरिएको हो । 

जनहित आधारभूत विद्यालयमा ४० झोला र २ सय ८८ वटा कापी दिइएको हो भने राजापानी आधारभूत विद्यालयमा ४० वटा झोला र २ सय ४० वटा कापी उपलब्ध गराइएको नेपाल लाइफ इन्स्योरेन्स रुकुम पश्चिम उप शाखाका कर्मचारी खीमप्रकाश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै विद्यालयका ४०–४० जना विद्यार्थीलाई १/१ वटा झाेला र ६/६ वटा कापी वितरण गरिएको हो । 

WhatsApp-Image-2024-06-26-at-6.47.29-PM-1719452617.jpeg
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो । पहिलो दिन दुई विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको र अन्य विद्यालयमा समेत शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको विष्टले बताउनुभयो । सबै गरेर ४ सय ७५ जनालाई झोला र कापी वितरण गरिने बताइएको छ । 

मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, वडा नम्बर १ का वडाध्यक्ष ज्ञानुचन्द्र चन्द र वडा नम्बर वडा नम्बर ३ का वडाध्यक्ष दशरथ केसी, नेपाल लाइफ इन्स्योरेन्स रुकुम पश्चिम उप शाखा प्रमुख हरिबहादुर बोहराले उक्त सामग्री वितरण गर्नुभएको थियो । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update