Kakhara सबैको खबर सम्पूर्ण खबर
कृषक मल्ललाई  ५० प्रतिशत अनुदानमा २७५ मौरी घार वितरण 
परियोजनाले अनुदानमा उपलब्ध बनाएका मौरी घार ।

 रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नम्बर १ लागिमका एक व्यवसायिलाई अनुदानमा सुपर सहितको मौरी घार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना इकाई सल्यानले लागिमका महेन्द्र मल्ललाई सुपर सहितको मौरी घार अनुदानमा वितरण गरेको हो । कृषि तथा पशुपक्षी उद्धमशिलता विकास कार्यक्रम अन्तरर्गत मौरी पालन व्यवसाय र मह प्रसोधनको लागि ५० प्रतिशत अनुदानमा कृषक मल्ललाई २ सय ७५ सुपर सहितको मौरी घार वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना इकाई सल्यानका प्रमुख भिम पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यवसायिक मौरी पालन गर्नुभएका मल्ललाई छनोट गरेर कार्यालयले अनुदानमा घार उपलब्ध बनाएको हो  । यसमा परियोजना इकाई सल्यानको ३ लाख ९८ हजार ७ सय ५०  रहेको छ । भने कृषक मल्लले ३ लाख ९८ हजार ७ सय ५० बेहोर्नु भएको  छ । आयोजनाको कुल बजेट रकम ७ लाख ९७ हजार ५ सय रुपैयाँको रहेको परियोजना इकाई प्रमुख पाण्डेले जानकारी दिनुभयो            । IMG_9519-1719406994.JPG

परियोजना इकाई सल्यानले रुकुम  पश्चिम र सल्यानमा गरेर विभिन्न १६ वटा योजनाहरु सञ्चालन गरिएको छ । बेरोजगार युवाहरुलाई स्वरोजगार तथा उद्धमशिलतमा जोड्ने आयोजनाको मुख्य उदेश्य रहेको प्रमुख पाण्डेले जानकारी दिनुभयो । मौरी पालक कृषक मल्लको घरमै पुगेर मंलगबार परियोजना इकाई सल्यान, कृषि विकास कार्ययलय रुकुम, पत्रकार महासंघ रुकुम पश्चिम लगायतको समुहले अनुगमन समेत गरेको छ । कृृषक मल्लले हाल रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नम्बर १ लामिम, रुकुम पुर्वको सिस्ने गाउँपालिका ३ पोखरा गरेर दुई ठाउँमा व्यवसायिक रुपमा  मौरी पालन गर्दै आउनुभएको छ ।IMG_9536-1719407194.JPG

हाल २ सय बढी मौरी घारबाट मह उत्पादन भइरहेको कृषक मल्लले जानकारी दिनुभयो । विगत पाँच वर्षदेखि व्यवसायिक रुपमा मौरी पालन गर्दै आउनुभएका मल्लले मौरीको मह विक्रीबाट यस वर्ष  २ सय ४० किलो महबाट १८ लाख रुपैयाँ आम्दानी  गरेको बताउनुभयो । मौरी सहितका २ सय बढी घार रहेकामा परियोजनाले उपलब्ध बनाएका २ सय ७५ खाली घार गरेर  करिब ५ सय घार रहेका छन् । खाली घारमा  पनि मौरी विस्तार गरी मह उत्पादन गर्ने योजना रहेको कृषक मल्लले जानकारी दिनुभयो ।

 

IMG_9514-1719406395.JPG IMG_9512-1719406711.JPG

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update