Kakhara सबैको खबर सम्पूर्ण खबर
माध्यामिक परीक्षा एसइईको नतिजा सार्वजनिक, कसरी हेर्ने ?
फाईल फोटो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले  माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले  माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजा बिहिबार सार्वजनिक गरेको हो । 
    
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा  सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् ।

परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड  (एनजी() ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको छ । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिनुभयो । 

यसरी हेर्नुहोस नतिजा ।

see3-1719462433.jpg

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update