Kakhara सबैको खबर सम्पूर्ण खबर
मुख्यमन्त्री कपमा रुकुम पश्चिमका अर्विन घर्तीको पहिलो अर्धशतक 

वीरेन्द्रनगरमा जारी मुख्यमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा रुकुम पश्चिमका अर्विन घर्तीले अर्धशतक प्रहार गरेका छन् । अहिले जारी पहिलो सेमिफाइनलमा सल्यान विरुद्ध अर्विन्दले अर्धशतक प्रहार गरेका हुन् । यो प्रतियोगिताको पहिलो अर्धशतक हो । अर्विन्दले २७ बलमा अर्धशतक पुरा गरे । उनी २८ बलमा ५३ रनमा रन आउट भए ।

१ सय ३ रनको लक्ष पछ्याएको रुकुमको लागि अर्विन्दले आक्रामक सुरु गरेका थिए । अहिले रुकुम पश्चिमले १४.१ ओभरमा ४ विकेट गुमाएर ९४ रन बनाएर खेलिरहेको छ । यो खेल जित्ने टोली प्रतियोगिताको फाइनल प्रवेश गर्ने छ । आजै दोस्रो सेमिफाइनलमा सुर्खेत र कालिकोट खेल्ने छ । प्रतियोगिताको फाइनल खेल भोली हुने छ । प्रतियोगिता वीरेन्द्रनगरको कालिन्चोक खेल मैदानमा भइरहेको छ ।  

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update