Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपाद्धारा शोक व्यक्त

नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रुकुम पश्चिमले टेकबहादुर पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले शोक बक्तव्य जारी गर्दै पार्टीका विशेष समिति सदस्य समेत रहेका पूर्व शिक्षक पाण्डेको निधनले पार्टीलाई अतुलनिय क्षेती पुगेको उल्लेख गर्नुभएको छ ।

६० बर्षको उमेरमा भएको पाण्डेको निधनले सिंगो पार्टीलाई स्तब्ध बनाएको भन्दै शोक वक्तव्य मार्फत श्रदाण्जली व्यक्त गरिएको छ । पाण्डेको विहीबार राती जिल्ला अस्पताल सल्लेमा उपचारकै क्रममा निधन भएको थियो । लामो समय शिक्षण पेशामा आवद्ध पाण्डे सेवा निवृत्ति भएको केही समय मात्रै भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update