Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकाेट २ काे पशुपति माविमा वृक्षारोपण 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका २ को पशुपति माविमा वृक्षारोपण गरिएको छ । अखिल क्रान्तिकारी मावि मूल इकाई समितिले विद्यालय परिसरमा विभिन्न जातका बिरुवा रोपेको हो । गोल मोहर, शिरीष, अमला, सयपत्री, गुलाब र घण्टी फूल लगायतका १ सय ५० बढी बिरुवा रोपिएको सङ्गठनले जनाएको छ ।

विद्यालयको सुन्दरताका लागि वृक्षारोपण गरिएको बताइएको छ । वृक्षारोपण कार्यक्रममा सङ्गठनका जिल्ला सचिव दुर्गा प्रसाद विक, विद्यालयका प्रधानाध्यापक घनश्याम बुढाथोकी, अन्य शिक्षक शिक्षिका, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 

 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update