Kakhara सबैको खबर सम्पूर्ण खबर
रिकन्डिशन अटो व्यवसायी संघ कर्णालीकाे अध्यक्षमा शाही

नेपाल रिकन्डिशन अटो व्यवसायी संघको कर्णाली प्रदेश कार्यसमितीकाे अध्यक्षमा प्रकाशकुमार शाही चयन हुनुभएकाे छ । सुर्खेतकाे विरेन्द्रनगरमा शनिबार भएकाे प्रदेश भेलाबाट शाहीको संयोजकत्वमा ७ सदस्सिय कार्य समिति सर्वसम्मत चयन गरिएकाे छ । १ जना सदस्य पछि थप गरिने छ ।

समितिको सह–संयोजकमा शंकर भण्डारी, सचिवमा ओम खड्का, कोषध्यक्षमा तिर्थ बोगटी र सदस्यहरुमा ईन्द्र थापा तथा रिजुवान शाही रहेको संघका गण्डकी प्रदेश अध्यक्ष महेश रावलले जानकारी दिनुभयाे । उपेन्द्र शाही र दिपेन्द्रकुमार खड्कालाई सल्लाहकारमा चयन गरिएको उहाँले बताउनुभयाे ।

संघका केन्द्रिय उपाध्यक्ष प्रविण लामिछाने, सह-कोषाध्यक्ष राजेन्द्रमान श्रेष्ठ र गण्डकी प्रदेश अध्यक्ष महेश रावलको विशेष उपस्थितीमा समिति गठन गरिएको हाे ।

अटो रिकण्डिशन व्यवसायलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यका साथ गठन गरिएको यो संघको धनगढीमा आयोजित भेलाबाट सुदुरपश्चिम प्रदेश समिति पनि आजै गठन गरिएको छ । हरी रावतको संयोजकत्वमा ७ सदस्सिय सुदुरपश्चिम प्रदेश समिति गठन गरिएको हो ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update