Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपाद्वारा एक बिगाहा क्षेत्रफलमा धान खेती 
धान राेपाइँ गर्दै नेकपाका नेता कार्यकर्ता ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले रुकुम पश्चिममा धान खेती गरेको छ । कडा श्रम सरल जीवन, आत्मनिर्भर पार्टी आत्मनिर्भर नेता कार्यकर्ता, आत्मनिर्भर देश र जनता बनाउने उद्देश्यले केन्द्रीय नीति अनुसार धान खेती गरिएको नेकपा रुकुम पश्चिमले जनाएको छ । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ७ खारखारामा एक बिगाहा जमिनमा धान लगाइएको हो । 

रोपाइँ समेत गरिएको छ । धान रोपाइँ कार्यक्रमको उद्घाटन गर्दै नेकपा रुकुमका इन्चार्ज चन्द्र सी ले आफ्नो उत्पादन नहुँदा देश परनिर्भर बन्दै गएको अवस्थामा नेकपाले आन्तरिक उत्पादनलाई बढाउन टेवा पुर्‍याउने गरी धान खेतीमा लागेको बताउनुभयो । जमिन बाँझो नराखेर धान खेती गर्न सके धानको आयातलाई धेरै हदसम्म रोक्न सकिने उहाँको भनाई छ । उत्पादनमा जोडिन उहाँले सबै जिल्लावासीलाई अनुरोध समेत गर्नुभएको छ । 

यो कार्यमा नेकपाका नेता तथा कार्यकर्ताहरू जोडिएको नेकपा रुकुम पश्चिमका सचिवालय सदस्य धनु सी ले जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update