Kakhara सबैको खबर सम्पूर्ण खबर
एसइई परीक्षा: त्रिवेणी गाउँपालिकाको नतिजा कमजोर, २९ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण 

माध्यमिक शिक्षा परीक्षा एसइईमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको नतिजा कमजोर देखिएको छ । गाउँपालिकाबाट एसइईमा सहभागी मध्ये जम्मा २९ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । गाउँपालिकाका १० वटा माध्यमिक विद्यालयबाट परीक्षामा सहभागीताका लागि ५ सय २६ जना विद्यार्थीले परीक्षा फारम भरेका थिए । जसमा ९ जना परीक्षामा अनुपस्थित हुँदा ५ सय १७ जना विद्यार्थी परीक्षामा सामेल भएकामा १ सय ५४ जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् ।

यो कुल विद्यार्थी सङ्ख्याको २९.७८ प्रतिशत हो । ३ सय ६३ जना विद्यार्थी अनुत्तीर्ण भएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको पालिकाको एसइई नतिजा विवरणमा उल्लेख छ । पालिकामा सबैभन्दा राम्रो नतिजा वडा नम्बर १० को बाल कल्याण माविको ५७ प्रतिशत देखिएको छ । अन्य सबै विद्यालयको उत्तीर्ण दर चिन्ताजनक छ ।

पालिकाका ३ जना विद्यार्थीले भने ३.६० वा त्यो भन्दा माथिको जिपीए प्राप्त गरेका छन् । अन्धनाशक मावि, साधारण मावि र युवा जनजागरण माविका विद्यार्थीले यो रेन्जमा जिपीए प्राप्त गरेका हुन् ।   

Tribeni-SEE-Result-1719799550.jpg
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update