Kakhara सबैको खबर सम्पूर्ण खबर

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पछिल्लो ३ महिनाको प्रगति सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुखमा नवराज पोख्रेल आएपछि हालसम्मको प्रगति सार्वजनिक गरिएको छ । यसका लागि जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पोखरेलले ३ महिनाको प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो । उहाँका अनुसार पछिल्लो ३ महिनामा जम्मा ४९ वटा मुद्दा दर्ता भएका छन् ।

जसमा ज्यान मार्ने उद्योगका ३, भवितव्य ज्यानका १२, फुटकल ज्यानका ३, झुन्डिएर मृत्युका ७, विष सेवन गरी मृत्युका २, अभद्र व्यवहारका ४, जबरजस्ती करणीका ३, सवारी ज्यानका ३, सवारीबाट भवितव्यका २, बैङ्किङ कसुरका ७ र चोरी तथा डकैतीका ३ वटा गरी ४९ वटा रहेको डिएसपी पोखरेलले बताउनुभयो । जसमा ३६ वटा मुद्दा फर्छ्यौट भएका छन् भने १३ वटा बाँकी रहेका छन् । यी मुद्दामा १७ जना पुरुष, २ जना महिला र ४ जना बालक गरी २३ जना पक्राउ परेका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालयले फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवाद पक्राउ गर्ने अभियानलाई तीव्र पारेको छ ।

Police-1719918017.jpg
चैत्र देखि हालसम्म २७ जना फरार प्रतिवादी पक्राउ गरिएको डिएसपी पोखरेलले जानकारी गराउनुभयो । चैत्र महिनामा १, वैशाखमा १, जेठमा २ र सबैभन्दा बढी असारमा २२ जना प्रतिवादीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । जसमा १२ जना महिला र १५ जना पुरुष रहेका छन् । यसका अलावा जिल्ला प्रहरी कार्यालयबाट अन्य नियमित कार्यक्रमहरू पनि सञ्चालन भएका छन् ।

नागरिकता सम्बन्धी सर्जमिन मुचुल्का २ सय ४४ वटा, नागरिकता थर संशोधन मुचुल्का ४२ वटा, विपत् मुचुल्का २८ वटा, विपत्मा ३ सय ५० जना प्रहरी खटिएको, अवैध हातहतियार बरामद २ नाल भरुवा बन्दुक, ७९ रोपनी क्षेत्रफलमा लगाइएको अवैध लागू औषध अफिम, १ हजार ९ सय ४९ सवारी कारबाही, यसबाट १४ लाख ७४ हजार राजस्व सङ्कलन र २ सय ३ वटा सचेतना कार्यक्रम सञ्चालन गरेको डिएसपी पोखरेलले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो ।

Police-Rukum-1719918017.jpg
तीन महिनामा सबै गरेर ७ हजार २ सय ५८ जना नागरिक लाभान्वित भएको बताइएको छ । यस बाहेक जिल्ला प्रहरी कार्यालयमा विभिन्न भौतिक पूर्वाधार निर्माण तर्फ कार्य सम्पादन सम्झौता अनुरूप काम भएको पोखरेलले भनाई छ । त्यस्तै उहाँले सञ्चार र प्रहरी विषयमा सहजीकरण समेत गर्नुभएकाे थियाे । उहाँले सञ्चार र प्रहरीकाे सम्बन्ध कस्ताे हुन्छ, सम्बन्धलाई अझ सुमधुर कसरी बनाउने, यसका फाइदा, मिडियाकाे महत्व लगायतका बारेमा प्रस्तुतिकरण राख्नुभएकाे थियाे । 

३ महिने प्रगति विवरणः

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update