Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम प्रहरीको रफ्तार, धमाधम फरार प्रतिवादी समाउदै 

रुकुम पश्चिम प्रहरीले धमाधम फरार प्रतिवादी पक्राउ गरिरहेको छ । अदालतको फैसला कार्यान्वयन अन्तर्गत प्रहरीले फरार प्रतिवादीहरुलाई पक्राउ गरिरहेको छ । असार महिनामा मात्र ३५ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा जरिवाना तथा कैद सजाय फैसला भएकाहरु छन ।

डिएसपी पोखरेलका अनुसार पक्राउ पर्ने मध्ये ५ जना कैद सजाय सुनाइएका छन भने ३० जना जरिवाना तोकिएका छन् । पक्राउ पर्नेमा २०–२५ रुपैयाँ देखि ३०–३५ हजारसम्म जरिवाना तोकिएकाहरु छन् । लेनदेन, कुटपिट, ज्यान मार्ने उद्योग, सवारी दुर्घटना, वहुविवाह लगायतका मुद्दामा दोषि ठहर भई फरार रहेकाहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख पोखरलले बताउनुभयो । दैनिक ठुलो संख्यामा फरार प्रतिवादीहरु पक्राउ परिरहेका छन् ।

बिहिबार ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् भने बुधबार ९ जना फरार प्रतिवादी पक्राउ परेका थिए । अभियान नै चलाएर फरार प्रतिवादी पक्राउ थालिएको डिएसपी पोखरेलको भनाई छ । फरार प्रतिवादी पक्राउ गर्नु प्रहरीको नियमित काम भएपनि हाल भने जिल्लामा अभियाननै सञ्चालन गरिएको उहाँले बताउनुभयो । प्रहरीले फरार प्रतिवादीहरुलाई पक्राउ गर्दै अदालतमा बुझाइरहेको छ ।   
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update