Kakhara सबैको खबर सम्पूर्ण खबर
यातायात कार्यालय चौरजहारीले उठायो झण्डै साढे दुई करोड राजस्व 
कार्यालय भवन ।

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी रुकुम पश्चिमले कार्यालय सञ्चालनमा आएदेखि हालसम्म २ करोड ३८ लाख राजस्व सङ्कलन गरेको छ । गत साउन २२ गतेदेखि हालसम्म २ करोड ३८ लाख राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । यातायात व्यवस्था सेवा कार्यालयले प्रदान गर्ने सेवा सुविधा बापत गत साउन २२ गतेदेखि हालसम्म २ करोड ३८ लाख राजस्व सङ्कलन गर्न सफल भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाइले जानकारी दिनुभयो ।

उहाँका अनुसार सवारी साधन नामसारी, लाइसेन्स जारी, सवारी साधन दर्ताबाट धेरै राजस्व सङ्कलन उठ्ने गरेको छ । त्यस्तै सवारी चालक अनुमति पत्र लाइसेन्स नवीकरण, रुट परमिट, कर तथा अन्य गैर करबाट राजस्व सङ्कलन हुने गरेको छ । कार्यालयले बिहीबारदेखि स्मार्ट सवारी चालक अनुमति पत्र लाइसेन्स वितरणको काम समेत सुरु गरेको प्रमुख चपाइले जानकारी दिनुभयो । कार्यालयबाट सेवा सुरु भएदेखि १ हजार ९ सय लाइसेन्स जारी गरिएकामा १ हजार ५ सय ११ स्मार्ट सवारी चालक अनुमति पत्र लाइसेन्स कार्यालयमा आइपुगेको छन् ।

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीबाट मोटरसाइकल, स्कुटर, जिप, कार र अटो रिक्साको चालक अनुमति पत्र जारी हुने गरेको छ । कार्यालयमा सेवा लिन रुकुम पश्चिम, पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, डोल्पा र कालिकोटसम्मका सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update