वर्षासँगैकाे हावाहुरीले मकै बालीमा क्षति
निरन्तरको वर्षा सँगै आएको हावाले रुकुम पूर्वमा मकै बालीमा क्षति गरेको छ । आज दिउसो ३ बजेतिर चलेको हावाहुरीले जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ४ को विभिन्न ठाउँमा लगाइएको बर्खे बाली मकैमा क्षति गरेको हो । वडाको तल्लो दादिङ, रागुना, झाँक्रीपोले र असारेच्युरी लगायतका ठाउँमा लगाइएको मकैमा हावाले क्षति गरेको छ ।
पछि लगाएको मकै सानो भएका कारण वडा अन्य ठाउँमा भने हावाले क्षति नगरेको वडा अध्यक्ष दलराज घर्तीले बताउनुभयो । वडा अध्यक्ष घर्तीका अनुसार यस क्षेत्रमा अघि रोपिएको मकै भएका कारण धानचौर गर्ने बेला भएको हुँदा हावाले क्षति गरेको जानकारी दिनुभयो । हावाले मकै बालीमा क्षति गरे पछि किसान चिन्तित भएका छन् ।
प्रकाशित मिति: शनिबार, असार २२, २०८१ १८:००
प्रतिक्रिया दिनुहोस्