Kakhara सबैको खबर सम्पूर्ण खबर
तीन दिनपछि अबरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो

केहि दिनको लगातार वर्षाका कारण शुक्रबार देखि अबरुद्ध  रहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पुर्वको सडक खण्ड खुलेको छ । सडकमा झरेको पहिरो आज बिहान हटाएसँगै मध्यपहाडी सडक खण्ड सूचारु भएको हो । सडकमा खसेको पहिरो हटाएसँगै मध्यपहाडी सञ्चालनमा आएको रुकुम पुर्वका  प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।

सडक सञ्चालन भए सँगै जिल्लाबाट अन्य विभिन्न ठाउँमा जाने तथा जिल्ला भित्रीने सवारी साधन आवतजावत हुन थालेका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ६ को रानिकोटमा झरेको पहिरोका कारण शुक्रबारदेखि मध्यपहाडी लोकमार्ग सडक अबरुद्ध भएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update