Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिकाको आगामी आवको बजेट  सर्वसम्मत पास

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । १५ औं गाउँसभाबाट विहिबार गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले असार १० गते गाउँ सभामा ५१ करोड ३८ लाख ५३ हजार ५ सय १ रुपैयाँको बजेट पेस गर्नु भएको थियो । उक्त बजेट १५ औं गाउँसभाबाट बिहिबार बहुमतले पारित भएको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो । उक्त बजेट मध्ये चालु तर्फ ३८ करोड २३ लाख ७ हजार ११ रुपैयाँ रहेको छ । यो कुल बजेटको ७४.४० प्रतिशत हो । त्यस्तै पुँजीगत अर्थात् विकास खर्च १३ करोड १५ लाख ४६ हजार ९८ रुपैयाँ अर्थात् २५.६० प्रतिशत रहेको छ ।

आगामी वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्य आन्तरिक राजस्वबाट १ करोड ३४ लाख, स्थानीय तह राजस्व बाँडफाँड ३० लाख, सङ्घबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ९ करोड ६१ लाख १ रुपैयाँ रहेको छ ।सङ्घबाट समानीकरण अनुदान बापत ९ करोड १२ लाख, कर्णाली प्रदेशबाट प्राप्त हुने राजस्व बाँडफाँड बापत ९ लाख ६७ हजार ८ सय ४०, समानीकरण अनुदान ९७ लाख ५३ हजार, सङ्घबाट सशर्त अनुदान चालु तर्फ २१ करोड ६६ लाख ६० हजार ५ सय, पुँजीगत तर्फ ३ करोड १९ लाख ६६ हजार र विशेष अनुदान पुँजीगत तर्फ ३ करोड ५९ लाख प्राप्त हुने अनुमान गरिको छ ।

यसका साथै सशर्त अनुदान २० लाख १५ हजार, विभिन्न गैरसरकारी सङ्घ संस्थाको लागत साझेदारी १५ करोड ३३ लाख ५ सय ५५ रुपैयाँ र गाउँपालिकाको चालु आव २०८०/०८१ को नगद मौज्दात ३६ लाख ६१ हजार १ सय ६० रुपैयाँ पनि आगामी वर्षमा खर्च हुने बजेट ल्याएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update