Kakhara सबैको खबर सम्पूर्ण खबर
माथिल्लो बागबजारमा वृक्षारोपण 
वृक्षाराेपण गरिँदै ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ को माथिल्लो बागबजारमा वृक्षारोपण गरिएको छ । उजाड ठाउँलाई हरियाली बनाउने उद्देश्यले विभिन्न प्रकारका बिरुवा रोपिएको हो । डिभिजन वन कार्यालयको सहयोगमा शुभ सन्देश सामुदायिक संस्था मुसिकोट १ माथिल्लो बागबजारले खलङ्गाको त्रिवेणी चोक देखि डिग्रे जाने बाटो हुँदै माथिल्लो बागबजार क्षेत्रमा वृक्षारोपण गरेको छ ।

सडकको छेउछाउ र खाली ठाउँमा इपिल इपिल, शिरीष, चिउरी र टिमुर लगायतका २ सय बिरुवा रोपिएको संस्थाका सदस्य प्रेमकुमारी सुनारले जानकारी दिनुभयो । संस्थामा आबद्ध तथा अन्य स्थानीयले आज बिहान वृक्षारोपण गरेको उहाँले बताउनुभयो । उक्त क्षेत्र उजाड रहेकोले उक्त क्षेत्रलाई हरियाली बनाउन विभिन्न प्रकारका बिरुवा रोपिएको सुनारले बताउनुभयो । यसले वातावरणीय स्वच्छतामा समेत टेवा पुग्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update