Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा २ सय ११ औँ भानु जयन्ती मनाइयो 

रुकुम पश्चिममा २ सय ११ औँ भानु जयन्ती मनाइएको छ । रुकुम साहित्य मालाको १ सय १८ औँ अङ्कलाई भानु जयन्ती विशेष बनाइएको थियो । भानु जयन्ती र जन विकास पुस्तकालयको भवन उद्घाटन कार्यक्रम संयुक्त रूपमा सञ्चालन गरिएको थियो । 

कार्यक्रममा विभिन्न स्रष्टाहरूले रचना वाचन गरेका थिए । जन विकास पुस्तकालयका अध्यक्ष मीनबहादुर पुनको सञ्चालनमा अगाडि बढेको रचना वाचन कार्यक्रममा नारायणप्रसाद शर्मा, एक्कबहादुर केसी, खगेश्वर भण्डारी, प्रेमा शेर्पाली, दिलमाया खनाल, खेमराज खड्का, प्रमोदकुमार शर्मा, मुकुन्दप्रसाद शर्मा, मनलाल ओली, गिरीप्रसाद बुढा लगायतका कवि साहित्यकारहरूले रचना वाचन गर्नुभएको थियो । 

स्रष्टाहरूले आदिकवि भानुभक्त आचार्यको सम्झना र योगदानको कदर गर्दै रचना वाचन गरेको प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रसाद बुढाले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update