सहयोग
जिल्ला अदालतलाई प्रिन्टर सहयोग
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले जिल्ला अदालतलाई रुकुम पश्चिमलाई एक वटा प्रिन्टर मेसिन सहयोग गरेको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले जिल्ला न्यायाधीश रामप्रसाद बस्याललाई प्रिन्टर मेसिन हस्तान्तरण गर्नुभएको हो । रुकुम जिल्ला अदालतमा एक कार्यक्रमका बिच प्रिन्टर मेसिन हस्तान्तरण गरिएको प्रमुख त्रिवेणी गाउँपालिकाका प्रशासकीय अधिकृत प्रेम बहादुर घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अदालतलाई ठुलो साइजको प्रिन्टर मेसिन सहयोग गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, जिल्ला न्यायाधीश रामप्रसाद बस्याल, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, श्रेस्तेदार मन्दिरा शाही, जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिंजाली लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शनिबार, असार २९, २०८१ २०:००
प्रतिक्रिया दिनुहोस्