नेकपा एमालेका केही केन्द्रीय सदस्यको घटुवा भएको छ । नेकपाल एमालेको केन्द्रीय कमिटिले पदिय जिम्मेवारी हेरफेर गरेपछि रुकुम पश्चिमका केही केन्द्रीय समितिका सदस्यहरु घटुवामा परेका छन् । विशेष गरी केपी शर्मा ओली निकटका नेताहरुको जिम्मेवारी हेरफेरि गरिएको हो ।
केन्द्रीय सदस्यहरु तिर्था गौतम, नन्दराम देवकोटा, नारायणकुमार शाह र विद्यापती रिजाललाई कर्णाली प्रदेश कमिटिमा राखिएको छ । पार्टीले गरेको पछिल्लो कार्य विभाजन र जिम्मेवारी हेरफेरका क्रममा उनिहरु प्रदेश कमिटिमा परेका हुन् । उनिहरुलाई गत पुष ५ र ९ गतेको बैठकले केन्द्रीय कमिटिमा मनोनित गरेको थियो ।
गौतम र देवकोटा पुष ५ गतेको शाह र रिजाल पुष ९ गतेको बैठकबाट केन्द्रीय कमिटिमा मनोनित भएका थिए । एमालेले अरुलाई पनि प्रदेश कमिटिमा राखेको छ । नेकपा माओवादी केन्द्र छाडेका चन्द्रबहादुर विक प्रदेश कमिटिमा पर्नुभएको छ । यसैगरी कर्णबहादुर बुढाथोकी, विमल पुन र रिखिप्रसाद शर्मालाई पनि कर्णाली प्रदेश कमिटिमा राखिएको छ ।
जिल्ला अध्यक्ष समेत रहेका पुनले भने यस बारेमा आफूलाई केही जानकारी नभएको बताउनुभयो । आफू, तिर्था गौतम, देवी ओली र रिखिप्रसाद शर्मा पहिल्यै कर्णाली प्रदेश कमिटिमा रहेको भन्दै उनले पछिल्लो जिम्मेवारी हेरफेर वा कमिटिका सदस्य तोकिएको विषयमा जानकार नभएको पुनले बताउनुभयो ।