सिस्ने गाउँपालिकाले कर्णबहादुरको परिवारलाई क्रिया खर्च दियो
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ का कर्णबहादुर बुढाको परिवारलाई गाउँपालिकाले क्रिया खर्च सहयोग गरेको छ। पहिरोमा परी ज्यान गुमाएका ११ वर्षीय छोरा सरगम बुढाको क्रिया खर्च स्वरुप नगद २५ हजार रुपैयाँ सहयोग गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो ।
पालिकाको विपत् व्यवस्थापन कोषबाट उक्त रकम सहयोग गरिएको हो । अध्यक्ष रेग्मीले आज १ नम्बर वडा अध्यक्ष जसबहादुर बुढालाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ । वडा अध्यक्ष बुढा मार्फत पीडित परिवारसम्म रकम पुग्ने छ । असार २५ गते २ नम्बर वडाको दल्लुगैरामा गोठ माथिबाट झरेको पहिरोले कर्णबहादुर सहित उहाँकी श्रीमती गोम्मा बुढा र छाेरी तिलसरा बुढा घाइते हुनुभएको थियो भने छोरा सरगमको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१ १६:४४
प्रतिक्रिया दिनुहोस्