Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रिय युवा सङ्घ रुकुम पूर्वद्वारा विभिन्न ठाउँमा सरसफाइ 

राष्ट्रिय युवा सङ्घ नेपाल रुकुम पूर्वको अगुवाइमा जिल्लाका विभिन्न ठाउँमा सरसफाइ गरिएको छ । सङ्घको असार १५ गते बसेको सचिवालय बैठकले हरेक महिनाको अन्तिम शनिवार जिल्लाका सबै ३१ वटै वडामा रहेका मूल धारा पँधेरा, मठमन्दिर, सार्वजनिक ठाउँ तथा प्रतीक्षालय लगायतका ठाउँमा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

असार महिनाको अन्तिम शनिवार हिजो जिल्लाभरमा सरसफाइ कार्यक्रम कार्यक्रम सञ्चालन भएको राष्ट्रिय युवा सङ्घ रुकुम पूर्वले जनाएको छ । सिस्ने गाउँपालिकामा सङ्घका जिल्ला अध्यक्ष मित्रलाल केसी, भूमे गाउँपालिकामा उपाध्यक्ष सिजन नेपाली र पुथाउत्तरगंगा गाउँपालिकामा सचिव लक्ष्मण बुढाको नेतृत्वमा सरसफाइ कार्यक्रमको सुरुवात भएको थियो ।

सिस्ने गाउँपालिकामा रुकुमकोटको लुस्पाधारा  मुहान, मुलपानी मुहान, मङ्गा धारा मुहान सरसफाइ गरिएको बताइएको छ । उक्त कार्यक्रममा नेकपा एमालेका लेखा समिति अध्यक्ष चिन्तामणि दाहाल, पार्टी कार्यालय सचिव हरिहर पौडेल, रेडक्रसका सदस्य तथा स्थानीय बुद्धिजीवी भिमाकान्त उपाध्याय, युवा सङ्घका जिल्ला इन्चार्ज शेखर केसी, जिल्ला अध्यक्ष मित्रलाल केसी, प्रदेश कमिटी सदस्य गोपालप्रसाद सुनार, वरुण गौतम, नेपाल प्रहरी तथा स्थानीय लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update