Kakhara सबैको खबर सम्पूर्ण खबर
दुई हप्तापछि पत्रकार महासंघको कार्यालयमा लगाएको ताला खोलियो
ताला लगाउँदाको फोटो ।

नेपाल पत्रकार महासंघ शाखा कार्यालय रुकुम पश्चिममा लगाएको ताला खोलिएको छ । प्रेस युनियनको केन्द्रिय कार्यक्रम अनुसार गत असार १५ गते महासंघको कार्यालयमा लगाएको ताला सहमति भएसँगै आइबार खोलिएको हो । नेपाल प्रेस युनियन जिल्ला शाखा रुकुमका अध्यक्ष, उपाध्यक्ष लगायत युनियनमा आबद्ध क्रियाशिल पत्रकारहरुको सदस्यता खारेजप्रति नेपाल प्रेस युनियन रुकुम पश्चिमले कार्यालयमा असार १५ गते तालाबन्दी गरेको थियो । 

शनिबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले संयुक्त रुपमा निकालेको विज्ञप्तीमा क्रियाशिल पत्रकारहरूको सदस्यता नविकरण र नयाँ सदस्यता प्रदान गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउने सहमती भएसँगै पत्रकार महासंघ रुकुम शाखामा लगाएको ताला खोलिएको प्रेस युनियनकी जिल्ला अध्यक्ष सुमित्रा केसीले जानकारी दिनुभयो । 

पत्रकार सदस्यताको विषयमा नेपाल प्रेस युनियन रुकुम पश्चिमले आन्दोलन स्वरुप गरेको तालाबन्दीका कारण पर्न गएको असुविधा प्रति क्षमा माग्दै आगामी दिनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिमसंग प्रेस युनियन समन्वय गरेर अगाडि बढ्ने  प्रतिबद्धता समेत जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update