Kakhara सबैको खबर सम्पूर्ण खबर
वन र उद्योग कार्यालयको वार्षिक प्रगति सार्वजनिक 

रुकुम पश्चिममा रहेका प्रदेश मातहतका दुई वटा कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन् । डिभिजन वन कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले चालु आर्थिक वर्षमा भए गरेका कामहरूको बारेमा जानकारी गराएका हुन् । 

जिल्ला प्रशासन कार्यालयको सभा हलमा भएको कार्यक्रममा दुवै कार्यालयले चालु वर्षमा कार्यान्वयन गरेको बजेट, वित्तीय तथा भौतिक प्रगति, चुनौती लगायतका बारेमा जानकारी गराएका थिए । 

वन कार्यालयको प्रगति कायम कायममुकायम डिभिजनल वन अधिकृत शेरबहादुर परियारले प्रस्तुत गर्नुभएको थियो भने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको प्रगति निमित्त प्रमुख मानबहादुर खत्रीले जानकारी गराउनुभएको थियो । 

चालु आर्थिक वर्षमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको ४२ लाख ५० हजार पुँजीगत र २ करोड ७९ लाख चालु गरी कुल ३ करोड २१ लाख रुपैयाँ बजेट रहेको थियो । डिभिजन वन कार्यालयको भने ९ करोड बढी रहेको थियो । 

जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दल तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update