Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी १२ का खड्क भारतमा झुन्डिएको अवस्थामा मृत फेला, हत्या भएको परिवारको दाबी
मृतक खडक देवकाेटा ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १२ का एक पुरुष भारतमा मृत फेला परेका छन् । जुम्ली पोखरीका २९ वर्षीय खड्क देवकोटा भारतको हिमाचल प्रदेशको कुल्लु जिल्लाको आन्नी भन्ने ठाउँमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । देवकोटाको सोमबार राती १२ बजेतिर आफ्नै कोठामा मृत फेला परेको बताइएको छ ।

रोजगारीका लागि भारतमा रहेका देवकोटाले आफ्नै गाउँका ३, ४ जना साथीहरूसँग रहेर काम गरिरहेको परिवारजनले बताएका छन् । परिवारका सदस्यले भने हत्याको दाबी गरेका छन् । झुन्डिएर मृत फेला परेको भए पनि झुन्डिएको अवस्था हेर्दा आत्महत्या गरेको जस्तो नदेखिने परिवारको दाबी छ ।

त्यस्तै उनलाई केही व्यक्तिले ज्यान मार्ने धम्की दिने गरेको परिवारजनले दाबी गरेका छन् । देवकोटाले केही दिन अघि मात्र आफूलाई मार्ने धम्की भएको भन्दै घरमा जानकारी गराएको परिवारजन बताउँछन् । यी सबै घटनालाई हेर्दा हत्या नै भएको दाबी परिवारजनको छ । देवकोटाको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । देवकोटा गत वर्षको असोजमा रोजगारीका लागि भारत गएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update