Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट बाढी : बगरका स्थानीयलाई सुरक्षित स्थानमा सारियो, यस्तो छ क्षतीको विवरण 
बाढीले बगाएको ठाउँ बगरमा बेपत्ताको खोजी गर्न उपस्थित भएका स्थानीय । फोटो आठबीसकोट नगरपालिका ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १२ झिनचौरका स्थानीयलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको छ । सोमबार राती गिजागाड खोलामा आएको बाढीले झिनचौर स्थित बगर गाउँ पुरिएपछि त्यहाँका स्थानीयलाई सोही वडाकै झिनचौर स्थित कर्णाली वेभरेज प्राली रहेको भवनमा स्थान्तरण गरिएको हो । बगरका करिव १५ घरपरिवारलाई वेभरेज प्राली रहेको भवनमा सारिएको आठबीसकोट नगरपालिका फोकल प्रसन मानबहादुर बटालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढी पीडित परिवालाई तल्कालको लागि नगरपालिकाले खाद्यान्न उपलब्ध बनाएको छ । भने नेपाल रेडक्रस सोसाइटी रुकुम शाखाले त्रिपाल, म्याट लगायतका सामग्री उपलब्ध बनाएको फोकल प्रसन बटालाले जानकारी दिनुभयो । सोमबार राति बाढीले बगर गाउँका ४ वटा अस्थायी आवास र ५ वटा कच्ची घर गरेर ९ वटा घर पूर्ण रुपमा क्षती पुर्याएको छ । त्यस्तै २ सय बढी रहेको एक वटा कुखुरा फोम, एक वटा काष्ठ उद्योग पनि  पुरिएको छ ।

बाढीकै कारण वडा नम्बर ११ सिमबजारका १० र वडा नम्बर ७ खारखाराका २ वटा घर गरेर १२ वटा घर बाढीको उच्च जोखिमा रहेका छन् । बाढिले धान लगाएको ४ हेक्टर क्षेत्रफल बढी जमिन बगाएको छ । गिजागाड खोलामा रहेका ७ वटा पानी घट्ट पनि बगाएको फोकल प्रसन बटालाले जानकारी दिनुभयो । वडा नम्बर ११ सिमबजारमा बाढीको जोखिम रहेकाले स्थानीय आफै सुरक्षित स्थानमा सर्न थालेको छन् । बाढिका कारण नगरपालिकाको विभिन्न स्थानमा विद्युत, ग्रामिण सडक अबरुद्ध हुनुका साथै खानेपानीका पाइप लाइनमा समेत क्षती पुगेकाले स्थानीयलाई समस्या भएको छ ।

झिनचौरखोला, तातापानी खोला र डोेबखोलामा सोमबार राति बाढी आउँदा झिनचौर स्थित वगर गाउँमा अस्थायी आवासमा सुतिरेका बेला बाढीले घर बगाउँदा पुरिएर १० वर्षीया हितमाया पुन, ८ बर्सिया धनुषा पुन र ४ वर्षीया मनीषा सार्कीको  मृत्यु भएको थियो  । ७ जना घाइते भएका थिए । भने  बेपत्ता हुनुभएका ३७ वर्षीय डिल्लीबहादुर बुढाथोकीको विहानै देखि खोजी कार्य भइरेको भए पनि उहाँको अवस्था अहिलेसम्म अज्ञात रहेको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update