Kakhara सबैको खबर सम्पूर्ण खबर
बाढी प्रभावित क्षेत्रमा मन्त्री केसीको स्थलगत निरीक्षण, पीडितलाई तत्काल रातहको व्यवस्था गर्ने प्रतिवद्धता
घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदैँ आर्थिक मामिला तथा योजनामन्त्री केसी ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी बाढी प्रभावित क्षेत्रका स्थानीयसँग भेटघाट तथा  प्रभावित क्षेत्रको स्थलगत निरीक्षणको गर्नुभएको छ । सोमबार राती जिल्लाको आठबिसकोट नगरपालिका १२ झिनचौर तथा वडा नम्बर ११ को सिमबजारमा आएको बाढीले मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्‍याएको स्थानमा पुगेर मन्त्री केसीले प्रभावितहरूको अवस्था बुझ्नुभएको हो । मङ्गलवार साँझ बाढी प्रभावित क्षेत्र झिनचौर र सिमबजारको स्थलगत निरीक्षण गरेर प्रभावित क्षेत्रका स्थानीय र घाइतेहरूसँग भेटघाट गर्नुभएको मन्त्रीका प्रमुख स्वकीय सचिव सुन्दर शर्माले जानकारी दिनुभयो । 

उहाँका  अनुसार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि बाढी प्रभावित परिवारका आफन्तहरू सङ्ग भेटघाट गरेर नगर अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो । बाढीले निम्त्याएको घटनाको अध्ययन, उद्धार, राहत तथा व्यवस्थापनको लागि कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै तत्काल प्रदेश सरकारले राहत तथा बाढी प्रभावित क्षेत्रका स्थानीयलाई व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साथै घाइते भएकाहरूको पनि उपचारमा सरकारले सहयोग गर्ने मन्त्री केसीले बताउनुभयो । मनसुनजन्य विपत् बाट बच्न सबै जिल्लावासीलाई सजक हुन पनि उहाँले आग्रह गर्नुभयो ।

सोमबार राति गिजागार खोलामा आएको बाढीले अस्थायी आवासमा सुतिरहेका बगरका तीन बालिका १० बर्सिया हितमाया पुन, ८ बर्सिया धनिसा पुन र ५ बर्सिया मनिषा सार्कीको मृत्यु भएको थियो । बाढीले बगाउँदा सोही ठाउँकै ३८ बर्सिया डिल्लीबहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ । उहाँको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । बाढीकै कारण ९ जना घाइते भएका छन् । भने दर्जन बढी घरहरूमा पूर्णरुपमा क्षति भएका छन् । भने सडक, विद्युत्, खानेपानीका पाइपहरूमा क्षति पुग्दा स्थानीयलाई समस्या भएको आठबिसकोट नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update