अवैध हतियार
बाँफिकोटको तासुकाँडाबाट तीन नाल भरुवा बन्दुक बरामद

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १ बाट तीन नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरी चौकी पिपलबाट खटिएको प्रहरी टोलीले वडाको तासुकाँडास्थित गादापार्ने सामुदायिक वनमा रहेको ओडारमा लुकाएको तीन नाल अवैध भरुवा बन्दुक बरामद गरेको हो ।
अवैध हातहतियार लुकाई राखेको गोप्य सूचनाको आधारमा खानतलास गर्दा तीन नाल अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो । उक्त बन्दुक रितपूर्वक बरामद गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको उहाँले बताउनुभयो । रुकुम पश्चिम प्रहरीले बेला बेलामा जिल्लाका विभिन्न ठाउँबाट अवैध भरुवा बन्दुक बरामद गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ १७:५०
प्रतिक्रिया दिनुहोस्