Kakhara सबैको खबर सम्पूर्ण खबर
सिद्धार्थ बैङ्कद्वारा पशुपति माविमा तार जाली सहितकाे बगैंचा निर्माण

सिद्धार्थ बैङ्क रुकुम पश्चिम मुसिकोट शाखाले मुसिकोट नगरपालिका वडा नम्बर २ को पशुपति मावि रातामाटामा तारजाली सहितको बगैँचामा निर्माण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले विद्यालयमा बगैँचा निर्माण गरेर तार जाली लगाएको हो । बैङ्कका अपरेसन इन्चार्ज दीपक खत्रीका अनुसार विद्यालयमा रहेको बगैँचाको संरक्षणका लागि करिब ७० मिटर लामो तार जाली लगाइएको छ ।

शुक्रवार बिहान तार जाली लगाइएको हो । उक्त कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर २ का अध्यक्ष दिनेश खड्का, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर खड्का, विद्यालयका प्रधानाध्यापक घनश्याम बुढाथोकी, बैङ्कका शाखा प्रबन्धक ओपेन्द्र विष्ट, विद्यालयका शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । बैङ्कले यसअघि सरसफाइ, वृक्षारोपण, विद्यालय तथा क्याम्पसमा बैङ्किङ साक्षरता, साउन्ड सिस्टम तथा शैक्षिक सामग्री वितरण, डिग्रे मन्दिरमा सत्यनारायण मन्दिर तथा बलि दिने स्थानको स्तरोन्नति लगायतका काम गरेको शाखा प्रबन्धक विष्टले बताउनुभयो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update