Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकोट  बाढी :  मृतक र बेपत्ताका परिवारलाई नगद सहयोग
सहयोग रकम हस्तान्तरण गर्दै नगर प्रमुख केसी ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १२ को झिनचौरमा गत सोमबार राति बाढीबाट मृत्यु भएका परिवारलाई नगद रकम उपलब्ध बनाएको छ । नगरपालिकाले सहायता रकम स्वरुप मृतकका  परिवारलाई  २५ हजार रुपैयाँ उपलब्ध बनाएको हो । तीन जना मृतक र एक जना बेपत्ताका आफन्तलाई २५ हजार रुपैयाँका दरले सहायता रकम उपलब्ध बनाएको आठबिसकोट नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार विभिन्न संघस्थाहरुको सहयोगमा बाढी पीडितलाई खाद्यान्न सामग्री पनि उपलब्ध बनाएको छ । गत सोमबार राति गिजागार खोलामा बाढी आउँदा आठबिसकोट १२ झिनचौर स्थित अस्थायी आवासमा सुतिरहेका तीन बालिका दश वर्षिया हितमाया पुन, आठ वर्षिया धनुसा पुन र ४ वर्षिय मनिषा सार्कीको मृत्यु भएको थियो । भने वडा नम्बर १२ कै ३८ वर्षिय डिल्लीबहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ । बेपत्ता बुढाथोकी अझै  फेला पर्नुभएको छैन् ।

झिनचौरस्थित बरगमा बाढीको जोखिम रहेकाले स्थानीयलाई सोही वडाकै कर्णाली वेभरेज प्रालीको भवनमा स्थान्तरण गरिएको नगरपालिकाले जनाएको छ


 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update