Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट नगरपालिकाद्धारा तीन वटा कन्सन्टेटर मेशिन खरिद 
आठबीसकोट नगरपालिकामा रहेको आईसोलेसन वार्ड ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले तीन वटा कन्सन्टेटर मेशिन खरिद गरेको छ । कोरोना भाईरस (कोभिड–१९)का संक्रमितलाई अक्सिजनको व्यवस्थाका लागि कन्सन्टेटर मेशिन गरिद गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले संचालन गरिरहेको आईसोलेसन वार्डमा अव एकैसाथ ७ जना बिरामिलाई अक्सिजन दिन सकिने नगर प्रमुख गोर्खवहादुर केसीले जानकारी दिनुभयो । ५ लिटरका ३ वटा मेशिन खरिद गरिएको र अहिले तत्काललाई ७ जनालाई एकै साथ अक्सिजन चढाउन मिल्ने उहाँको भनाई छ । 

मुश्किलका साथ कन्सन्टेटर मेशिन खरिद गरिएको उहाँले बताउनुभयो । महँगी र कालोबजारीका कारण मेशिन पाउन मुश्किल परेको उहाँले जनाउनुभयो । उहाँका अनुसार प्रति मेशिन ८५ हजारका दरले खरिद गरिएको हो । 

तत्कालै अन्य मेशिन खरिद गरेर १५ जनालाई एक साथ अक्सिजन दिन मिल्ने अवस्था सृजना गर्ने नगरपालिकाले जनाएको छ । अहिले आईसोलेसनमा २ जना कोरोना संक्रममित रहेका छन् । तर उनिहरुलाई अक्सिजन दिनुपर्ने अवस्था नरहेको बताईएको छ । 

यसैविच कोरोना संक्रमितको मृत्यु भएमा शव व्यवस्थापन नगरपालिका आफैले गर्ने भएको छ । ‘कोरोना संक्रमतिको मृत्यु भएमा शव व्यवस्थापनको काम नगरपालिकाले गर्ने छ, नगरपालिकाले यसको तयारी गरेको छ, ठुली भेरी नदीमा रहेको घाटमा सुरक्षित तरिकाले दाहसंस्कार गरिने छ ।’  
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update