Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिकामा सेवाग्राहीका लागि टोल फ्री र निःशूल्क इन्टरनेट सेवा 
चौरजहारी नगरपालिकाको कार्यालय ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सहजताको लागि नगरपालिकाले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको हो । शुक्रबादेखि निःशूल्क टोल फ्री नम्बर १८१०५०००१८० सञ्चालनमा ल्याएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगर कार्यपालिकाको कार्यालय र सो अन्तरर्गतका निकायहरुबाट प्रवाह हुने सेवा, प्राप्त गर्ने प्रक्रिया, सूचना तथा जानकारीका बारेमा टोल फ्री नम्बरमा निःशूल्क फोन गरेर सेवा लिन सकिनेछ । त्यसका साथै सेवाग्राहीको कुनै सल्लाह सुझाव र गुनासो भएमा पनि टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिनेछ ।सेवाग्राहीका लागि टोल फ्री नम्बर चौविसै घण्टा खुल्ला रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।

यसका साथै नगरपालिकाले सेवाग्राहीका लागि निःशूल्क इन्टरनेट सेवा पनि सञ्चालनमा ल्याएको छ । केहि दिन अघी मात्रै एकिकृत सेवा प्रवाह सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको नगरपालिको सेवाग्राही प्रतिक्षा कक्षलाई केन्द्रित गरेर निःशूल्क इन्टनेट (फ्री वाइफाई) सेवा सञ्चालनमा ल्याएको हो । यसले सेवाग्राहीलाई थप सहज हुने र आफ्नो पालो पर्खिन समस्या नहुने नगरपालिको विस्वास लिएको छ । 452151780_2754882538021261_1084902243956421569_n-1721543600.jpg

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update